मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रकम भुक्तानी, अझै ३ अर्ब ६६ करोड बाँकी

Nagarik Sewa 1242+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको बताउनुभएको छ । सचिव शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालयअन्तर्गत ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरेको बताउनुभएको हो ।

सचिव शर्माले अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको बताउनुभयो । उहाँले ८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो ।

सचिव शर्माले अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीका लागि रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको बताउनुभयो । उहाँले कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेकाले चाँडै बाँकी भुक्तानी हुने विश्वास रहेको बताउनुभयो ।

सचिव शर्माले भन्नुभयो, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको यो मन्त्रालय अन्तर्गत ८ अर्ब ७१ करोड थियो । त्यो मध्ये अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकामान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ५ अर्ब ५ करोड भुक्तानी गरेका छौं । ६० प्रतिशत रकम भुक्तानी गर्नसक्यौं ।’

सचिव शर्माले मन्त्रालय अन्तर्गतको रकम रकामान्तर गर्न अर्थ मन्त्रालयको स्वीकृत नपर्ने सम्बन्धमा केन्द्रिय लेखा प्रणाली आयव्यय प्रणाली बिग्रने गरि स्वतन्त्रता मन्त्रालयहरुले खोज्नु नहुने बताउनुभयो । उहाँले मन्त्रालय अन्तर्गतका शिर्षकबाट समस्या फुकाउन सक्ने अधिकार दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै