मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

ब्राजिलमा लूलाको जित अस्वीकार गर्दै बोल्सोनारो अदालत जाने

Nagarik Sewa 5112+ समाचार ( )
१० कार्तिक २०८३, सोमबार

काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लूला दा सिल्भा विजयी भएपछि पराजित उमेदवार फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गर्दै निर्वाचन रद्द गर्न माग गर्ने बताएका छन् । मतदानको समय दुई घण्टा थप्ने सर्वोच्च अदालतको निर्णयलाई आधार बनाउँदै उनले कानुनी चुनौती दिने घोषणा गरेका हुन् । लूलाले ५१.७९ र फ्लाभियोले ४८.२१ प्रतिशत मत प्राप्त गरेका छन् । लूलाले करिब ४४ लाख मतान्तरले जित हासिल गरेका हुन् । यससँगै उनी चौथोपटक ब्राजिलको राष्ट्रपति बन्ने भएका छन् । उनको नयाँ कार्यकाल सन् २०२७ जनवरी ५ देखि सुरु हुनेछ ।

मतदानको अवधि सकिन लाग्दा सर्वोच्च अदालतका न्यायाधीश क्रिस्टियानो जानिनले समय साँझ ५ देखि ७ बजेसम्म थप्ने आदेश दिएका थिए । लूलाको चुनावी अभियानले विभिन्न सहरमा सार्वजनिक यातायात सीमित हुँदा मतदातालाई मतदान केन्द्र पुग्न कठिन भएको भन्दै निवेदन दिएको थियो । त्यससँगै विवाद उत्पन्न भएको थियो । फ्लाभियोले मतदानका बीचमा नियम परिवर्तन गरिएको आरोप लगाउँदै निर्वाचन परिणाम स्वीकार गर्न नसकिने बताएका छन् ।

राजधानी ब्राजिलियामा बोल्दै फ्लाभियोले निर्वाचन रद्द गर्न कानुनी प्रक्रिया अघि बढाउने बताएका छन् । उनले मतदान समय थप्ने निर्णयलाई अनुचित ठहर गर्दै अदालतमा चुनौती दिने जनाएका छन् ।मतदानको समय थप्ने निर्णयले अन्तिम परिणाममा असर पारेको थियो वा थिएन भन्ने विषयमा फ्लाभियोको चुनौतीमाथि कानुनी प्रक्रियाबाट निर्णय हुन बाँकी छ ।

लूलाले जितपछि सबै नागरिकका निम्ति काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन परिणामका विषयमा विवाद बढेसँगै अबका दिनमा अदालतमा हुने सुनुवाइ र दुवै पक्षको प्रतिक्रियाले ब्राजिलको राजनीतिक अवस्थालाई प्रभावित गर्न सक्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार