अलपत्र रहेका ५७ वटा आधारभूत अस्पतालहरु साउनबाट सञ्चालन ल्याउने तयारी

Nagarik Sewa 4431+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

काठमाडौं। निर्माण सम्पन्न भएर पनि स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका ५७ वटा आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अघि बढाएको छ। नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।

मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पताल साउनबाट सञ्चालन आउने स्वास्थ्यमन्त्री प्रदिप पौडेलले जानकारी दिए। हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ।

अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्ने मन्त्री पौडेलले बताउनुभयो। मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार