सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख साह घुस लिँदालिँदै प्रकाउ

Nagarik Sewa 4501+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

काठमाडौं। सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। 

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। साह नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख हुन्। 

अनुसन्धान आयोगका अनुसार साहलाई मंगलबार कल्याणपुर नगरपालिका कार्यालय परिसरबाटै सेवाग्राहीसँग नगद घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बर्दिबासस्थित आयोगको कार्यालयमा लगिँदै छ।


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार