११.६४ अङ्कले घट्यो नेप्से

Nagarik Sewa 4431+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक ११.६४ अङ्कले घटेर २६३५ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३११ कम्पनीका ६६ हजार २६५ पटकको कारोबारमा एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ रहेको छ ।

५७ कम्पनीका सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । आज सानिमा माई हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार