६.५३ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4426+ समाचार ( )
२४ पौष २०८१, बुधवार

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५३ अंकले बढ्दा ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्से ०.२४ प्रतिशतले बढ्दा परिसूचक २६५३.३८ विन्दुमा पुगेको हो। 

आज १३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार १२० पटक शेयर किनबेच भएको छ । 

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने २ वटा कम्पनी नकारात्मक लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ७ वटा समूह घटेको छ भने बाँकी ६ वटा समूह बढेको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह ४।७७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ०।२६ प्रतिशतले हाइड्रोपावर समूह बढेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह १।५६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन ०।०६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार