मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

सुनको मुल्यमा सामान्य वृद्धि

Nagarik Sewa 4518+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

काठमाडौं । हिजो तोलामा ६ हजार नौसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ।  सुनको मूल्यमा आज तोलामा पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेर आज सुन तोलाको दुई लाख ४३ हजार तीनसय रुपैयाँ पुगेको छ। हिजो तोलामा ६ हजार नौसय रुपैयाँ घटेर सुनको मूल्य दुई लाख ४२ हजार आठसय रुपैयाँमा झरेको थियो। 

यसअघि गएको बिहीबार सुन तोलामा पाँच हजार ६ सय रुपैयाँ बढेको थियो भने शुक्रबार तोलामा पाँचसय रुपैयाँ घटेर दुई लाख ४९ हजार सातसय रुपैयाँमा झरेको थियो।  गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। हिजो तीन हजार एकसय ३५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज तीन हजार एकसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार