काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबारका दिन ५.३२ अंकले बढेर २५९१.५६ को विन्दुमा कायम भएको छ । आज बजारमा ९३ लाख ८६ हजार ७१२ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रीन भेन्चरस लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । कारोबारका आधारमा जानकी फाइनान्स १९ करोड ९ लाख ४९ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।