मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

विदेश भ्रमण जाँदा लाग्ने कर शुल्क हट्यो

Nagarik Sewa 4519+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि लागु हुने गरी विदेश भ्रमण जाँदा लिँदै आएको शुल्क हटाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक २०८२ मार्फत उक्त शुल्क सम्बन्धी व्यवस्था हटाएका हुन्।  

सरकारले २०८० देखि लगाउँदै आएको यस्तो शुल्क २ वर्षपछि खारेज गरेको हो । सरकारले २०८० को आर्थिक ऐनदेखि पर्यटकका रूपमा भ्रमणका लागि विदेश जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाएको थियो ।

कोरोना महामारी लगत्तै अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको दबाबका कारण सरकारले वैदेशिक पर्यटन निरुत्साहित गर्न विदेश भ्रमणमा जाने नेपालीका लागि ५ प्रतिशत शुल्क उठाएको थियो। विदेशी विनिमय सञ्चितिमा परेको दबाब रोक्न आयात निरुत्साहितदेखि वैदेशिक भ्रमणमा कडाइ गरेको थियो । तर, पछिल्लो समय १४ महिनाभन्दा धेरैको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति भए पनि सरकारले उक्त व्यवस्था हटाएको हो ।

त्यसैगरी वैदेशिक भ्रमण प्याकेज विक्रेताले प्याकेज बिक्रीका बेला, फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखांकनका बेला उक्त शुल्क लिनुपर्ने व्यवस्था ऐनमा गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार