जेनजी आन्दोलन जाँझबुझ आयोगद्वारा १ महिना म्याद थप गर्न सरकारलाई आग्रह

Nagarik Sewa 4849+ समाचार ( )
२ पौष २०८२, बुधवार

काठमाडौं। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले १ महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन् । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा जाँचबुझ आयोग गठन भएको थियो । आयोगको म्याद ३ महिना तोकिएको थियो । म्याद  सकिन लाग्दा पनि बयान लिने क्रम नै जारी रहेकाले आयोग पदाधिकारीहरुले थप समय माग गरेका छन् । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिनुभयो। जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको पनि उहाँले बताउनुभयो।

त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगायत राजनीतिक दलका नेताहरुलाई बयानमा बोलाउने तयारी भएको जानकारी पनि दिनुभयो। जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै