सबैभन्दा ठूलो धर्म मानव सेवा हो, यसमा परमानन्द छ : अध्यक्ष ढकाल

Nagarik Sewa 4376+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा रहेको बताएका छन् । ढकालले धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताएका हुन् । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आजदेखि बागुलङमा आयोजित श्रीमद भागवत् ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गरेका छन् । “सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ । त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ,” उनले भने ।

“बागलुङ धार्मिक पवित्र भूमि हो, यही स्वरूपमा यसलाई चिनाउन आवश्यक छ,” उनले भने, “मुक्तिनाथ र दामोदरकुण्डको काखमा रहेको पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण हुन लागेकोमा खुसी लागेको छ । मेरो जन्मस्थानमा निर्माण हुन लागेको यस आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागतरूपमा सहभागी हुनेछु ।”

अध्यक्ष ढकालले वैदिक सनातन धार्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा पछिल्लो समय धार्मिक गतिविधि बढेको र यसलाई थप तीव्रता दिई बागलुङ जिल्ला सहित यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार