गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

Nagarik Sewa 4426+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

गोरखा । गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनी आरुघाट गाउपालिका-६ कल्लेरीका हुन् । ‘आइतबार बिहान करिब साढे  सात बजे गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा नेटको तार मिलाउन चढ्दा एक्कासी पोलमा करेन्ट आएछ’, प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘करेन्ट लागेर ढलेका उनलाई गोरखा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।´’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार