मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |
मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |


रूसभित्र ट्रम्पले लामो दुरीका हतियार प्रहार गर्न युक्रेनलाई रोकेको खुलासा

Nagarik Sewa 4868+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रहार गर्न सुटुक्क रोक लगाएको खुलेको छ। ट्रम्पले पछिल्लो समय रूसप्रति कडा भएको सन्देश दिइरहेका छन्। करिब दुई महिना अघि उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘हतियार पायौ भने मस्कोमा हान्न सक्छौ?’ भनेर सोधेको समाचार आएका थिए।

तर खासमा अमेरेकी रक्षा मन्त्रालयले भने महिनौंदेखि युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रहार गर्न रोक लगाएको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ। अमेरिकी रक्षा मन्त्रालयले अप्रिलको अन्त्यतिर देखि एउटा अनुमति लिने प्रक्रिया सुरू गरेको र त्यसले युक्रेनलाई लामो दुरीको हतियार प्रयोग गर्न रोक लगाएको जर्नलले दाबी गरेको छ।

मन्त्रालयले सो प्रक्रिया सार्वजनिक रूपमा खुलाएको छैन तर त्यस कारणले युक्रेनले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (अट्याक एम्स) लगायत लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न पाएको छैन। अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को अन्त्यदेखि युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए।

युक्रेनी राष्ट्रपति जेलेन्सकीले धेरै अघिदेखि रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए। तर त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्। ट्रम्पले गत नोभेम्बरमा निर्वाचन जितिसकेपछि बल्ल बाइडेनले रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए।

तर ट्रम्पले दोस्रो कार्यकाल सुरू गरेको केही महिनामै प्रक्रियाको नाममा त्यसमा बन्देज लगाएको खुलेको हो। उनले केही समयका लागि बाइडेन सरकारले दिने निर्णय गरेको सटिक निशाना लाग्ने प्याट्रियट एअर-डिफेन्स सिस्टम अन्तर्गतका रक्षात्मक मिसाइल (इन्टरसेप्टर) र केही हतियारको आपूर्ति समेत रोकेका थिए। तर सो कदमको व्यापक विरोध भएपछि उनले एक हप्तामै युटर्न लिएर आपुर्ति फेरि सुरू गरेका थिए।

पछिल्लो समयमा ट्रम्पले रूस र युक्रेनको युद्ध रोक्ने प्रयासलाई तिब्रता दिएका छन्। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा अगस्ट १५ मा छलफल गरेका थिए। त्यसको तीन दिनपछि ट्रम्पले ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गरे। त्यसपछि उनले जेलेन्स्की र पुटिनको भेट गराउन खोजिरहेका छन्।

तर पुटिनले त्यसमा ध्यान नदिएपछि शुक्रबार मात्रै उनले पुटिनलाई जेलेनस्कीसँग वार्ता गर्न दुई साताको समय दिएका छन्। शुक्रबार अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको कुराकानीमा ट्रम्पले दुई साताभित्र जेलेन्स्कीसँग वार्ताको टेबलमा नबसे रूसविरूद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्।

तर, उनले यस्तो चेतावनी दिइरहेपनि महिनौं देखि युक्रेनलाई रुसभित्र लामो दूरीका अमेरिकी हतियार प्रहार गर्न रोक लगाइरहेको खुलेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार