झापामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
झापामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Nagarik Sewa 3185+ समाचार ( )
१ पौष २०८१, सोमबार

विराटनगर । झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आइतबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका वडा नं. ५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही स्थान बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई छन् ।

उनीहरुको उपचारको क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका वडा नं. ८ बस्ने २७ वर्षीय विराज थापा घाइते भएका छन् । उनको उपचार बी एण्ड सी अस्पताल विर्तामोडमा भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै