सुत्केरी महिला राप्ती खोलामा मृत अवस्थामा फेला

Nagarik Sewa 4343+ समाचार ( )
२८ पौष २०८२, सोमबार

काठमाडौं। सुत्केरी बस्न माइती आएकी एक महिनाकी सुत्केरी महिला ३७ वर्षीया मिलन स्याङतान राप्ती खोलामा मृत अवस्थामा फेला परेकी छिन्।

हेटौंडा उपमहानगरपालिका १२ माइती घरमा सुत्केरी बस्न आएकी स्याङतानको शव हेटौंडा १२ आपधापस्थित राप्ती खोलामा डुबेको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

काठमाडौं बुढानिलकण्ठ घर भई सुत्केरी बस्न माइती आएकी स्याङतान आइतबार बिहान घरबाट निस्केर नआएपछि खोजी गर्ने क्रममा राप्ती खोलामा शव फेला परेको थियो। माइती घर भन्दा ३ किलोमिटर पश्चिमतर्फ राप्ती खोलामा उनको शव फेला परेको थियो। स्याङतानले डिप्रेसनको औषधि सेवन गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार