काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय रुपैयाँ बढेको सुन आज जम्मा १ सय घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज लागि सुनको मूल्य तोलामा २ लाख ९३ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै गत शुक्रबार सुनको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार ११५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी ५ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।