राजदूत पण्डितद्वारा विपिन जोशीको रिहाइका लागि इजरायली राष्ट्रपतिसँग फोनवार्ता

Nagarik Sewa 4537+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका लागि राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गर्नुभएको छ। राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सो फोन संवादमा ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशी लगायत सबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हर सम्भव प्रयास गरिरहेको बताएका थिए ।

हमास र इजरायलबिच जारी युद्ध विरामको क्रममा दुवैतर्फ बन्धक बनाइका व्यक्तिलाई रिहाइ गर्ने क्रम जारी रहेको छ तर विपिन जोशीको हालसम्म कुनै अत्तोपत्तो छैन ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार