काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने तोलामा ११ हजार ७०० रुपैयाँ घटेको थियो । यस दिन सुन तोलामा दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला तीन हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।