मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो

Nagarik Sewa 5112+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

काठमाडौं । काठमाडौँको नागढुंगा प्रहरी जवानलाई कुट्ने र कुटाइखाने खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। कुटाइ खाने र कुटपिटमा संलग्न दुवै प्रहरी कारबाहीमा परेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालले जानकारी दिए। 

केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षक (इन्सपेक्टर) ले थानकोट बृत्तका एक जवानलाई कुटेका थिए। नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले चासो देखाएको हो। तर, यो घटना कहिलेको हो, खुलेको छैन। 

भिडिओ सार्वजनिक भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानविन सुरु गरिएको जनाएको छ।कार्यालयले घटनामा संलग्न देखिएका इन्सपेक्टर र कुटाइ खाने प्रहरी जवान दुवैलाई सोधपुछका लागि बोलाएको छ। तर, प्रहरी जवान पिट्ने इन्सपेक्टर र कुटाइ खाने जवान दुवैको नाम भने कार्यालयले सार्वजनिक गरेको छैन। 

प्रहरी वरिष्ठ उपरीक्षक खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुटपिट भएको सार्वजनिक भिडिओ तथा समाचारका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरुलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानविन भइरहेको व्यहोरा जानकारी गराइन्छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार