मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रद्वारा १ महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण

Nagarik Sewa 4697+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । 

एक महिनामा यति ठूलो संख्यामा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण हुनु नेपालको स्वास्थ्य क्षेत्रको लागि ठूलो उपलब्धि भएको अस्पतालका कार्यकारी निर्देशक तथा मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले बताए । 

आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ । विभिन्न प्रदेशबाट मिर्गौला आएका बिरामीको उमेर संख्या १४ देखि ७१ रहेको र सफलतापूर्वक मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको अस्पतालले जानकारी दिएको छ । 

उक्त आर्थिक वर्षमा नै केन्द्रले एक मस्तिष्क मृत्यु भएका युवकको मिर्गौला र कलेजो २ व्यक्तिमा सफलतापूर्वक मिर्गौला र कलेजो प्रत्यारोपणसमेत गरेको थियो । स्थापना भएको १३ वर्षमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ । 

केन्द्रकै अगुवाइमा आर्थिक वर्ष २०८१/८२ मा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार