मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

होटलहरूको आम्दानी बढेपनि खुम्चियो नाफा

Nagarik Sewa 4670+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

 काठमाडौं । सेयर बजारमा आइतबार सबैभन्दा धेरै बढेको सेक्टर हो – होटल तथा पर्यटन । यो सेक्टर विगत तीन साताको अवधिमा ११.५ प्रतिशत बढेको छ । कात्तिक ८ गते ६,३३८ अंकमा रहेको होटल तथा पर्यटन सेक्टर अहिले ७,०७२ मा छ ।

तर, यो सेक्टरका धेरै कम्पनीको वित्तीय स्थिति खस्किएको छ । बजारमा कुल ६ वटा कम्पनी यस सेक्टरमा सूचीकृत छन् । तीमध्ये सिटी होटल पहिलेदेखि नै नोक्सानीमा छ । पहिले नाफामा रहेको कालिन्चोक दर्शन यसपटक नोक्सानीमा गएको छ ।

ओरियन्टल होटलको नाफा ९७ प्रतिशत घटेको छ । बाँकी तीन कम्पनी सोल्टी होटल, तारागाउँ रिजेन्सी र चन्द्रागिरि हिल्सको नाफा सामान्य बढेको छ । ६ कम्पनीहरुको औसत आम्दानी बढेको छ । यी कम्पनीहरुले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २५ करोड रुपैयाँ औसत आम्दानी गरेका थिए ।

यो आर्थिक वर्षको पहिलो त्रैमासमा भने १ अर्ब ३१ करोड आम्दानी गरेका छन् । औसत आम्दानी बढे पनि कम्पनीहरुको औसत नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ कम्पनीहरुको औसत खुद नाफा १४ करोड ६८ लाख रुपैयाँ रहेकोमा अहिले १२ करोड ७७ लाख रुपैयाँ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार