तोलामा ३१ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4847+ समाचार ( )
६ जेठ २०८३, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलाको ३१ सयले घटेर तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि हिजो २ लाख ९५ हजार ३  सयमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर ४९६० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ५०८५ मा कारोबार भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार