प्रधानमन्त्री ओलीद्वारा विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान

Nagarik Sewa 4689+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

जनकपुर । २१ औँ मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गर्नुभएको छ।  प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गर्नुभएको हो। 

मधेस प्रदेशमा अहिले पनि बोक्सीसहित विभिन्न कुप्रथाले जरा गाडेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । उहाँका अनुसार यो प्रदेशमा अझ पनि बोक्सीको समस्या धेरै छ । उहाँले भन्नुभयो, ‘यो एकदम नहुने, नचाहिने कुरा हो । यदि कोही बोक्सी छ भने म च्यालेन्ज गर्न चाहन्छु । मलाइ गाली गर्नुको साटो बोक्सी लगाए हुन्छ ।’ 

प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोक्सीको कुरा हावादारी भएको सुनाउनुभएको छ। त्यस कारण यो सबको पछाडि नलाग्न उहाँको आग्रह छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै