काठमाडौं। आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.१० अंकले घटेको छ। आज ०.४१ प्रतिशतले घटेर २६५४.३५ विन्दुमा बन्द भएको छ ।
कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५० कम्पनीको मूल्य घट्यो। आज ७ कम्पनीको मूल्य स्थिर रह्यो। कुल ८४ हजार ७ पटकको सेयर किनबेचबाट ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। आज १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भए।
कुल १३ उपसमूहमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन मात्रै बढ्यो । अन्य उपसमूहहरु घटे ।


