मेरो आशयलाई गलत तरिकाले अर्थ्याइयोः रिमा विश्वकर्मा

Nagarik Sewa 4431+ समाचार ( )
१३ माघ २०८२, सोमबार

काठमाडौं। रास्वपाकी समानुपातिक सांसदकी उम्मेदवार रिमा विश्वकर्माले चुनावी प्रचारप्रसारको क्रममा स्याङ्जामा गरेको भाषणको एउटा अंश सोमबारदेखि सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ।

उनले भाषणको क्रममा त्यहाँका जनताले बहुमतका साथ रास्वपाका उम्मेदवारलाई जिताए, चुनावपछि रवि र बालेन्द्रलाई उक्त क्षेत्रमा ल्याउने वाचा गरेकी थिइन्। ‘म यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नं १ र २ बाट तपाईंहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिले नै गरेँ,’ उनले भनेकी थिइन्।

उनले बोलेको कुराको यही क्लिप सामाजिक सञ्जालमा ट्रोल भएपछि रिमाले आफ्नो आशयलाई गलत तरिकाले अर्थ्याइएको बताएकी छन्। उनले भनिन्, ‘मेरो आशय के थियो भने नेताहरू जहिले पनि चुनावी समयमा मात्रै घरदैलोमा पुग्छन्, त्यसपछि पावर सबै केन्द्रमा मात्रै केन्द्रीकरण हुने गर्छ। त्यो चिजबाट माथि उठेर अब हामीले चुनाव भन्दा पनि अगाडि पछाडि आवश्यक परेको खण्डमा हामी सबै केन्द्र धाउने हैन कि पावर नै हामीसम्म आइपुग्नुपर्छ भन्न खोजेको हो। पूरा भाषण सुने हो भने होल आइडिया नै त्यही हो। तर अहिलेको समयमा सानो अंश ट्रोल बनेको छ। तर मेरो आशय गलत छैन।’


सुरुमा उज्यालो नेपाल पार्टी प्रवेश गरेकी रीमा उज्यालो–रास्वपा एकिकरणपछि रास्वपामा पुगेकी थिइन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै