इरानविरुद्ध अमेरिकाको आक्रमण तिव्र

Nagarik Sewa 4806+ समाचार ( )
३१ असार २०८३, बुधवार

काठमाडौं। अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ। साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागु गरेपछि वासिङ्टन र तेहरानबिचको तनाव थप चुलिएको छ। 

इरानले अमेरिकासँग भएको इस्लामाबाद सम्झौता अब प्रभावहीन भएको घोषणा गरेको छ। अमेरिकी सैन्य आक्रमण र पुनः लागू गरिएको नाकाबन्दीपछि इरानले उक्त सम्झौता व्यवहारिक रूपमा समाप्त भएको जनाएको हो। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अब इस्लामाबाद सम्झौता भन्ने कुनै चिज बाँकी छैन।

यसको जवाफस्वरूप इरानले कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यी दाबीबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। गत जुन महिनामा क्षेत्रीय तनाव अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच इस्लामाबाद सम्झौता (एमओयू) भएको थियो। यस घटनाक्रमले मध्यपूर्वमा सुरक्षा चुनौती झन् गम्भीर बन्दै गएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै