रवि लामिछानेलाई स्वास्थ्यमा गम्भीर समस्या: रगत परीक्षणका लागि लगियो वीर अस्पताल

Nagarik Sewa 4507+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। पार्टीका उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले उनको स्वास्थ्यमा समस्या देखिएको बताएका हुन्। ‘सभापतिलाई नख्खु ल्याउँदै गर्दा म भारतमा थिएँ। भारतको हैदरावादबाट आज बिहान मात्रै काठमाडौं आएँ। लगत्तै सभापतिलाई भेट्न आएँ। उहाँको स्वास्थ्यमा केही समस्या हो कि भन्ने देखिएको छ,’ उनले भने। 

सभापति लामिछानेलाई भेट्न सोमबार दिउँसो उपसभापति अर्याल नख्खु कारागार पुगेका थिए। कारागार स्रोतले पनि सभापति लामिछानेको स्वास्थ्यमा समस्या देखिएको जानकारी दियो। सभापति लामिछानेलाई जन्डिस (कमलपित्त)को आशंका गरिएको छ। जन्डिसको आशंका हुनेबित्तिकै उनको रगतको नमूना परीक्षणका लागि वीर अस्पताल लगिएको कारागार स्रोतले बतायो।

‘उहाँलाई जन्डिसको आशंका गरिएको छ। रगत झिकेर परीक्षणका लागि नमूना वीर अस्पताल लगिएको छ,’ कारागार स्रोतले भन्यो। सहकारी ठगी प्रकरणमा पुपर्क्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरको नख्खु ल्याइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार