मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Nagarik Sewa 1242+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

काठमाडौं । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका थिए । उनले मन्त्री उपस्थित नभकाले बैठक स्थगित गर्न माग गरे ।

“सरकारले सदनलाई हेपिरहेको छ, जनप्रतिनिधिलाई हेपिरहेको छ । हाम्रो अभ्यास सरकार मानिरहेको छैन,” उनले भने ।  उनले सरकारको उपस्थितिबिना बैठक नचल्ने नियमावलीको व्यवस्था स्मरण गराए । “यतिखेर सरकारको प्रतिनिधिसभामा कोही पनि छैनन् । समिति, उपसमितिमा सरकार उपस्थित हुँदैन । सरकार नभई बैठक चल्दैन, नियमावलीको व्यवस्था अनुसार तुरुन्त बन्द गरियोस्,” उनले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार