अष्ट्रेलियन ब्याटर लिन एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने

Nagarik Sewa 4849+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

काठमाडौं। सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीको रूपमा नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। लिनले दुई सय ९३ वटा टी–२० खेलमा आठ हजारभन्दा बढी रन बनाएका छन् ।

अष्ट्रेलियाबाट १८ वटा टी–२० अन्तर्राष्ट्रिय र चार वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल  खेलेका  लिन  बिग ब्यास लिगमा सबैभन्दा धेरै रन  र  छक्का हान्ने खेलाडी हुन् ।

यसअघि उनले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा खेलिसकेका छन्। एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि सुरु हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार