नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र तत्कालका लागि स्थगित

Nagarik Sewa 4807+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ ।  बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि तत्कालका लागि स्थगित भएको प्राधिकरण स्रोतले बतायो । 

प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी कर्मचारीहरूमा दिइएको छ। श्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको उल्लेख गरेको स्रोतले जानकारी दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै