मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

हेटौँडाका ४ व्यवसायीविरुद्ध मुद्दा दायर

Nagarik Sewa 4874+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले ४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो। 

कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको प्रमुख पोखरेलले बताए ।

अनुगमनका क्रममा सङ्कलन गरिएका नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गरेका, म्याद गुज्रेको समान बिक्री गरेका व्यवसायीविरुद्ध  मुद्दा दायर गरिएको हो। विभिन्न उद्योगबाट सङ्कलित दुई हजार ८२ नमूना परीक्षण गरिएको प्रमुख पोखरेलले बताए । सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका नौ लाख ९५ हजार बराबरको वस्तु जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार