मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

आज काठमाडौंमा दिनभर वर्षा

Nagarik Sewa 5112+ समाचार ( )
७ अशोज २०८३, बुधवार

काठमाडौं । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिन सुरु भएको छ । मनसुनसहित उक्त प्रणालीको प्रभावका कारण बुधबार (असोज ७) देशका विभिन्न भूभागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती प्रदेशदेखि पूर्वतिर यसको प्रभाव देखिन थालेको छ । न्यूनचापीय प्रणालीको आंशिक प्रभाव सुरु भएको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए ।

“आंशिक प्रभावचाहिँ देखिन थाल्यो । त्यसमा पनि विशेष गरी वाग्मती प्रदेशबाट पूर्वतिर,” उनले बाह्रखरीसित भने । गण्डकीमा यसको खासै प्रभाव परिनसकेको उनले बताए । अहिलेको वर्षामा मनसुन पनि कारक रहेको उनले उल्लेख गरे । “जुन न्यूनचापीय प्रणाली छ, त्यसको कारणले पनि देखिन्छ,” उनले भने, “मनसुनी वायुको प्रभाव पनि रहेको देखिन्छ ।”

वाग्मती प्रदेशमा आज दिनभरिजसो पानी पर्ने सम्भावना रहेको उनले बताए । तर, पानी निरन्तर नपर्ने उनले स्पष्ट पारे । “आज दिनैभरिलाई सम्भावना परेको परेकै गर्नेजस्तो देखिँदैन, यद्यपि वर्षाको सम्भावना देखिन्छ,” उनले भने, काठमाडौंमा पनि दिनैभरिजस्तो लगातार नपरे पनि घाम लाग्न सक्ने सम्भावना अलि कम कमै छ ।”

मधेसमा पनि अहिले (बुधबार बिहान १०ः१० बजे) बादल लागिरहेको उनले जानकारी दिए । “विशेष गरी वाग्मतीकेन्द्रित मात्रै वर्षा भइरहेको छ,” उनले भने । त्यो गहिरो न्यूनचापीय प्रणालीमा विकास भइसकेको उनले बताए । “गहिरो न्यूनचापीय क्षेत्रमा विकास भएको छ,” उनले भने, “जमिनको सतहतिर प्रवेश गर्दै छ । आज बेलुका या भोलिसम्ममा त्यो जमिनको सतहमा प्रवेश गर्छ जस्तो देखिन्छ ।”

वर्षाको गतिविधि बिस्तारै बढ्दै जाने उनले बताए । “भोलि, पर्सि अलिकति बढी हुन्छ जस्तो देखिन्छ,” उनले भने, “आजको भन्दा भोलि बढी, भोलिको भन्दा पर्सि बढीजस्तो देखिन्छ ।”यो अवधिमा बाक्लो हिमपातको पनि सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिए । “हिमपातको बढी नै सम्भावना छ,” उनले भने, “पर्वतारोहणमा जुन याम छ अहिले, उहाँहरूको मध्यनजर गरेर रेड अलर्ट जारी गरिसकेका छौँ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै