मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

कर्णालीको पीडा बेच्ने नेता धेरै भए : बालेन

Nagarik Sewa 5112+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णाली प्रदेशको प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्भावनालाई स्थापित गरिने बताएका छन् । बिहीबार (फागुन ७) सुर्खेतमा आयोजित पार्टीको ‘परिवर्तन उद्घोषसभा’मा उनले यस्तो बताएका हुन् । उनले मुगुको रारातालको उदाहरण दिँदै कर्णालीको गहिराइ र सम्भावनालाई आफ्नो पार्टीले गहिरो रूपमा बुझेको बताए । “रारातालजत्तिकै गहिरो कर्णालीको भावना र सम्भावना छ, त्यो गहिराइलाई रास्वपाले मनदेखि बुझेको छ,” उनले भने ।

रास्वपाले कर्णालीका स्थानीय उत्पादनलाई देशभर चिनाउने, यहाँको सभ्यता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिएको उनले उल्लेख गरे ।  उनले कर्णालीको पीडालाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रवृत्तिको आलोचना गरे । कर्णालीलाई साँचो अर्थमा बुझ्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।

“कर्णालीको पीडा बेच्ने नेता धेरै भए, तर बुझ्ने नेता भएनन्,” उनले भने, “त्यसैले कर्णालीलाई बुझ्ने र यहाँका सपना साकार पार्ने नेतृत्व जन्माउनु हाम्रो उद्देश्य हो ।”  उनले कर्णालीको समग्र विकासका निम्ति रास्वपा प्रतिबद्ध रहेको दोहोर्‍याए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै