मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगिँदै

Nagarik Sewa 5112+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका लामिछानेलाई म्याद थपका लागि चौथो पटक कास्की जिल्ला अदालत लगिने भएको हो ।

सहकारीको रकम ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकाले उनलाई पुनः म्याद थपका लागि अदालत पेश गरिँदैछ ।

काठमाडौं र चितवनबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थपेर उनलाई काठमाडौँ र चितवन लैजाने तयारी गरिएको छ । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदैछ । लामिछाने कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका थिए भने उनलाई शनिबार ३ गते बिहान कास्की लगिएको थियो ।

यस अवधिमा लामिछानेलाई बयानका लागि रुपन्देहीसमेत लगि सकिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेलाई चार दिनसम्म बयान लिइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार