युवकद्वारा श्रीमतीको हत्यापछि आफैंमाथि चक्कु प्रहार

Nagarik Sewa 4849+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

विराटनगर। मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले ससुराली घरमा गएर श्रीमतीको हत्या गरेका छन्। श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब २ः४५ बजे रंगेली–५ धनपट्टीमा यो घटना भएको हो। मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डल ससुराली घर गएका थिए। त्यहाँ उनले २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए।

श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए। मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार