काठमाडौं। नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन हुनुभएको छ। दुई दिनसम्म चलेको प्रथम अधिवेशनले पुरीको नेतृत्वको १ सय ४१ सदस्सीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।
सचिवमा कालिकोटका धीरबहादुर विष्ट, उपसचिव (महिला) मा धनकुमारी जिसी (शाही) र सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन्।
प्रदेश कमिटीको उपाध्यक्ष २ जना र उपसचिव २ जना मनोनीत हुन बाँकी छ। सहमतिकै आधारमा नेतृत्व चयन गर्ने क्रममा अधिवेशन एकदिन लम्बिएको थियो। अधिवेशनको अध्यक्ष माधव नेपालले उद्घाटन गरेका थिए।