भारत उत्तराखण्डमा आएको बाढीमा धादिङका ४ जना पनि सम्पर्कविहीन

Nagarik Sewa 4431+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

काठमाडौं। भारतको उत्तराखण्डमा धादिङका ४ जना पनि सम्पर्कविहीन भएका छन् । साउन २० गते धराली बजारमा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । 

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेहरुमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् । उनीहरू पनि त्यहीँ फसेको हुनसक्ने आशङ्का गरिएको छ । 

उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।उहाँका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई आग्रह गरिएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार