काठमाडौं। सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताउनुभएको छ । उहाँले कांग्रेस(एमाले दुई ठूला दल मिलेर बनेको सरकारले देश अधोगतितर्फ गइरहेको बताउनुभएको हो।
‘मुलुक बडो गहिरो संकटतर्फ धसिदै गइरहेको छ, दुई पार्टीको अधिनायकवादले मुलुकलाई अग्रगतितर्फ होइन अधोगतितर्फ लाँदैछ,’ उहाँले भन्न्ुभयो, ‘ लोकतान्त्रिक मूल्य मान्यतामाथि चुनौती दिने खालको स्थिति देखा पर्दैछ ।’ राजनीति संकटग्रस्त बनिरहेको बताउँदै उहाँले समग्र अवस्था कमजार हुँदै गएको बताउनुभयो ।
दुई दलको सरकार बनेपछि भ्रष्टाचारीले उन्मुक्ति पाइरहेको उहाँले बताउनुभयो। वर्तमान संविधान पूर्णरुपमा कार्यान्वयन भइनसकेको बताउँदै उहाँले अहिलेको अवस्थामा संविधान संशोधन आवश्यक नरहेको पनि बताउनुभयो ।