काठमाडौं। नेकपा माओवादी केन्द्रले समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएको छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने बताउनुभयो। उहाँका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।