प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेदवारी काठमाडौंमा

Nagarik Sewa 4376+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेदवारी काठमाडौंमा जिल्लामा परेको छ ।  काठमाडौंमा १० निर्वाचन क्षेत्र छ र जहाँ राजनीतिक दल र स्वतन्त्र गरी २५० जनाले उमेदवारी दिएका छन् । देशका १६५ स्थानमा हुने निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल ३ हजार ४०६ जनाको उमेदवारी परेको छ । उमेदवारी दिनेमा ३ हजार १७ जना पुरुष, ३८८ महिला र अन्य १ जना छन् । औसतमा प्रति–निर्वाचन क्षेत्र २०.६४ जनाको उमेदवारी परेको आयोगको तथ्याङ्कले देखाउँछ ।

आयोगका तथ्याङ्कअनुसार, निर्वाचनमा सबैभन्दा बढी उमेदवारी परेका प्रमुख १० जिल्लामा क्रमशः काठमाडौं, धनुषा, रुपन्देही, महोत्तरी, सिराहा, सर्लाही, सुनसरी, मोरङ र बारा छन् ।काठमाडौंमा २५०, धनुषामा १५८, रौतहटमा १४२, महोत्तरीमा १३९, सिराहामा १३८, सर्लाहीमा १३१, सुनसरीमा ११०, मोरङमा ११० र बारामा ११० जनाले उमेदवारी दिएका छन् । 

सबैभन्दा ठूलो संख्यामा उमेदवारी पर्ने १० जिल्लामा काठमाडौं बाहेक सबै तराई–मधेशका जिल्ला छन् । सबैभन्दा कम संख्यामा उमेदवारी मनाङ जिल्लामा परेको छ । मनाङमा तीन जनाले मात्र उमेदवारी दता गरेका छन् । सबैभन्दा कम उम्मदवारी पर्ने १० जिल्लामा क्रमशः मनाङ, हुम्ला, मुगु, बझाङ, बाजुरा, मुस्ताङ, डोल्पा, डोटी, कालिकोट र जुम्ला छन् ।

मनाङमा ३, हुम्लामा ७, मुगुमा ७, बझाङमा ७, बाजुरामा ८, मुस्ताङमा ८, डोल्पामा ९, डोटीमा ९, कालिकोटामा १० र जुम्लामा १० जनाको उमेदवारी परेको छ । सबैभन्दा कम संख्यामा उमेदवारी पर्ने १० जिल्लामा सबै हिमाली तथा उच्च पहाडी जिल्ला छन् ।

प्रतिनिधिसभा निर्वाचनमा १२ वटा जिल्लामा एक सयभन्दा बढीको उमेदवारी परेको छ ।  आयोगको तथ्याङ्कअनुसार पर्सामा १०७, सप्तरीमा १०२, कपिलवस्तुमा ९८, झापामा ९०, कैलालीमा ७५, ललितपुरमा ७१, चितवनमा ६४, दाङमा ६०, भक्तपुरमा ५७, बाँकेमा ५६, कञ्चनपुरमा ५५, नवलपरासी पश्चिममा ५५, कास्कीमा ४९, धादिङमा ४७, मकवानपुरमा ४४, गुल्मीमा ४३, काभ्रेपलाञ्चोकमा ४२, सिन्धुपाल्चोकमा ३६, बर्दियामा ३६ र नवलपरासी पूर्वमा ३४ जनाको उमेदवारी परेको छ ।यस्तै, दोलखामा ३३, उदयपुरमा ३१, नुवाकोटमा ३०, सुर्खेतमा ३०, पाल्पामा २९, सिन्धुलीमा २८, इलाममा २७, तनहुँमा २७, गोरखामा २५, स्याङजामा २४, बाग्लुङमा २३, दैलेखमा २१, धनकुटामा १७, पर्वतमा १७, अछाममा १७, रामेछापमा १७, संखुवासभामा १६, अर्घाखाँचीमा १५, ओखलढुंगामा १५, पाँचथरमा १५ र खोटाङमा १५ जनाले उमेदवारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्यूठानमा १४, सल्यानमा १४, ताप्लेजुङमा १३, डडेल्धुरामा १३, सोलुखुम्बुमा १२, रुकुम पश्चिममा १२, म्याग्दीमा १२, रसुवामा १२, तेह्रथुममा १२, भोजपुरमा १२, लम्जुङमा १२, दार्चुलामा ११, जाजरकोटमा ११, रुकुम पूर्वमा ११, बैतडीमा ११ र बैतडीमा ११ र रोल्पामा १० जनाले उमेदवारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार