९.२४ अङ्कले घट्यो नेप्से

Nagarik Sewa 4497+ समाचार ( )
१२ जेठ २०८३, मङ्गलबार

काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक  नेप्से मङ्गलबार ९.२४ अङ्क घटेर २७७७.१० विन्दुमा पुगेको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएकामा मङ्गलवार घटेर कारोबार रकम ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ ।

आज ६९ कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो। बजारमा कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशतले बढेको छ।  सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ। आज आँखु खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै ४६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिडी पावरको १६ करोड ५९ लाख र साहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार