बैवाहिक बलात्कारको आरोपमा काभ्रेका एक व्यक्ति पक्राउ: कानुनी प्रक्रिया अघि बढदै

Nagarik Sewa 4501+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–७ निवासी किरण कुमार गौतम पक्राउ परेका छन्।

विवाह समारोहमा सहभागी हुन काठमाडौंको हाँडीगाउँस्थित आफन्तको घर गएका बेला उनलाई वैशाख २३ गते महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो। त्यसपछि वैशाख २४ गते उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाइएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी मिन बहादुर घलेका अनुसार अभियुक्तलाई कानुनी प्रक्रिया अनुसार अनुसन्धान र आवश्यक कारबाहीका लागि अगाडि बढाइएको छ। पीडित पक्षले २०८१ साल वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गराएका थिए।

उक्त उजुरीपछि अनुसन्धान गर्दै जाँदा काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०८१ जेठ १८ गते पक्राउ पूर्जी जारी गरेको थियो। तर पूर्जी जारी भएपछि उनी फरार रहेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार