मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

डाक्टर कमल पाण्डेको नेतृत्वमा बसुन्धरामा खुल्यो अत्याधुनिक स्तरको डेन्टल सेवा केन्द्र

Nagarik Sewa 4669+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं । डा. कमल पाण्डेको नेतृत्वमा काठमाडौंको बसुन्धारामा लोटस ओरियोडेन्टल सेवा केन्द्र एण्ड इम्प्लान्ट सेन्टरको उद्घाटन भएको छ। यो सेन्टर अत्याधुनिक सुविधासहित डेन्टल उपचार र इम्प्लान्ट सेवामा विशेषज्ञता प्रदान गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको हो।

लामो समयदेखि विभिन्न प्रतिष्ठित अस्पतालमा दन्तरोग विशेषज्ञका रुपमा कार्यरत डा. कमल पाण्डेले आफ्नो नयाँ क्लिनिकको सुरुवात गर्नुभएको हो। उद्घाटन कार्यक्रममा सांसद देवेन्द्र पौडेल, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, र चिकित्सा व्यवसायीहरूको सहभागिता थियो।

डा.  पाण्डेले उद्घाटन कार्यक्रममा भने, "हामीले यस केन्द्रमा अत्याधुनिक प्रविधिहरू र उच्चस्तरीय उपकरणहरूको प्रयोग गर्दै सेवा प्रदान गर्ने लक्ष्य राखेका छौं। यहाँ समर्पित विशेषज्ञ चिकित्सकहरूको टोलीले सबै प्रकारका दन्त समस्यामा प्रभावकारी उपचार गर्नेछ। विशेष गरी, दन्त इम्प्लान्ट, ओर्थोडेन्टिक्स र माउथ सर्जरीका क्षेत्रमा उच्चतम मापदण्डमा काम गर्नेछौं।"

उनले थपे, "धेरै मानिसहरूले दन्त समस्यामा ध्यान नदिँदा, भविष्यमा गम्भीर समस्याहरू सामना गर्नुपर्छ। त्यसैले, हामी यहाँ दन्त स्वास्थ्यको संरक्षण र उपचारमा उन्नत प्रविधि र सस्तो मूल्यमा सेवा दिनेछौं।"

सांसद देवेन्द्र पौडेलले पनि कार्यक्रमका अवसरमा शुभकामना दिँदै भने, "यो केन्द्रले नेपालको दन्त स्वास्थ्य क्षेत्रमा नयाँ दिशा दिन्छ। अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरूको टोलीले यहाँ सेवा दिने हुँदा यो केन्द्र दन्त उपचारका लागि अत्यन्तै उपयोगी हुनेछ।"

लोटस ओरियोडेन्टल सेवा केन्द्रमा डेन्टल चेकअप, दन्त इम्प्लान्ट, ओरथोडेन्टिक्स, र फिलिंग जस्ता उपचारका साथै दन्त स्वास्थ्यको अन्य आवश्यक सेवाहरू उपलब्ध छन्।

यस नयाँ केन्द्रको उद्घाटनसँगै, डा. कमल पाण्डेले दन्त स्वास्थ्यको क्षेत्रमा नेपाली नागरिकहरूलाई आधुनिक र प्रभावकारी उपचारको पहुँचमा ल्याउने प्रयास गरेको उल्लेखनीय छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार