मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

नेप्से परिसूचक १७.२८ अंक बढेर बन्द

Nagarik Sewa 1242+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.२८ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ०.६३ प्रतिशत बढेर २७३६.४८ विन्दुमा बन्द भएको हो ।

आज आठ अर्ब २३ करोड ५२ लाख रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । पछिल्ला सात कारोबार दिनमा नेप्से १७१ अंकले घटेको थियो । आठ कारोबार दिनअघिको नेप्से परिसूचक २८९० विन्दुमा थियो । तर, बजार निरन्तर सात कारोबार दिन घट्यो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचकमध्ये विकास बैंक र माइक्रोफाइनान्स समूहको परिसूचक घटेको छ । बाँकी ११ समूहको परिसूचक बढेको छ । यस दिन १४६ कम्पनीको सेयर मूल्य बढेको छ । ८८ कम्पनीको सेयर मूल्य घटेकार छ । १० कम्पनीको सेयर मूल्य स्थिर छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७९ प्रतिशतले वृद्धि भएको छ । प्रभु इन्स्योरेन्सको सेयर मूल्य ७.८९ प्रतिशतले वृद्धि भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार