जेनजी आन्दोलन जाँचबुझ आयोग घरमै आए बयान दिन्छुः अध्यक्ष ओली

Nagarik Sewa 4492+ समाचार ( )
९ पौष २०८२, बुधवार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोग घरमै आए बयान दिने भन्नुभएको छ। मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री, राष्ट्रपतिसँगको छलफलका क्रममा ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने तर जाँचबुझ आयोगको कार्यालय भने नजाने बताउनुभएको हो।

‘यो कार्की आयोगको काम छैन, किन बनाएको ? मसँग कुरा गर्नुछ भने गुन्डुको मेरो घरमै पठाइदिनुस्, म जे–जे भन्नु छ, त्यहीँ भनौँला,’ ओलीको भनाई उदृत गर्दै राष्ट्रपति कार्यालय सम्वद्ध स्रोतले भन्यो ।

ओलीले यसअघि पनि बयान दिन जाँचबुझ आयोगको कार्यालय सिंहदरबार भने नजाने बताउँदै आउनुभएको थियो। मंगलबार ओलीले सो कुरा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक प्रचण्डको सामुन्ने पुनः त्यही कुरा दोहो¥याउनुभएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै