तोलामा २ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
१३ माघ २०८१, आइतबार

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार