मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सिन्धुपाल्चोमा १२ वर्षपछि हिउँदमा पानीको मुल पलाउने रहस्यमय चमत्कार: प्रकृतिको अद्भुत खेल

Nagarik Sewa 5112+ समाचार ( )
१६ माघ २०८१, बुधवार

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाकाे इन्द्रावती गाउँपालिका वडा नं ५ स्थित नयाँपानी धाममा आज माघ १६ गते पानी पलाएको छ । परापुर्व कालदेखि हरेक १२ वर्षको अन्तरालमा हिउँदकाे समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीकाे मुल पलाउने यहाँको अद्भुत बिशेषता रहेको छ ।

यसअघि २०६८ सालको कार्तिक अन्त तिर पलाएको पानी २०६९ साल असारमा सुकेको थियोे । प्रचलन अनुसार गत वर्षकाे हिउँदमा पानी पलाउनु पर्थ्याे तर पलाएन । गाउँका बासिन्दा चिन्तित बने । कसैले ७२ सालको महा भुकम्पलाई दाेष दिए ।

कसैले ७२ सालमा पञ्चकन्याबाट गराइएको वैदिक महायज्ञलाई दाेष लगाए । गत वर्ष भगवान रिसाएको हाे कि ? भन्ने बुढापाका र धार्मिक गुरुहरुकाे सल्लाह अनुसार गाउँले सबै मिलेर क्षमापुजा समेत गरियो तर पनि पानीको अत्तोपत्तो भएन । काेहि धार्मिक अनुयायी र सन्तकाे शरिरमा देवी आएर नाग देवता रिसाएको भन्ने पनि सुनियो र गत नागपञ्चमीमा नाग देवता स्थापना गरेर पुजाआजा समेत गरियो । त्यति गर्दागर्दै पनि पुस सम्म पनि पानीको मुल नपलाएपछि सबै बासिन्दाले आशा मारिसकेका थिए ।

तर आज सबैलाई चकित पार्दै माघ १६ गते औशीका दिन नयाँपानी धाममा नयाँपानीको मुल पलाएको छ । संयाेग नै मान्नुपर्छ यसअघि पनि साे स्थानमा औशीकै दिन पानीको मुल फुटेको थियोे । आज स्थानीय बासिन्दा असाध्यै हर्षित भएका छन । काेहि भगवानकाे शक्ति भनेर पुलकित छन भने काेहि प्रकृतिको अद्भुत नजारालाई सलाम गरिरहेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै