तोलामा २ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
८ पौष २०८१, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रूपैयाँ बढेको छ । आइतबार प्रतितोला १ हजार १ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै