चलचित्र ‘आशा’को छायांकन सुरु

Nagarik Sewa 4629+ समाचार ( )
३२ असार २०८३, बिहीबार

काठमाडौं । चलचित्र ‘आशा’को छायांकन सुरु भएको छ । एक महिने सेड्युल रहेको चलचित्रको छायांकन काठमाडौं उपत्यकाबाट सुरु गरिएको हो ।  काठमाडौंपछि काभ्रेको नमोबुद्ध र धुलिखेल आसपासमा छायांकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिएकी छन् । छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले सट दिएका छन् । 

शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रलाई राजिव गुरुङले निर्देशन गरिरहेका छन् । कथा पनि निर्देशक आफैँले लेखेका छन् । 

सहलेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके र सिनेमेटोग्राफर नरेन्द्र मैनाली छन् ।  चलचित्र ‘आशा’ आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गतेबाट प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार