काठमाडौं। आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अंकले घटेर २५४०.४० बिन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा कुल ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा ३ अर्ब ४३ करोड माथिको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आइतबार चार कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले बढ्दा बुँगोल इनर्जी विकास कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।